भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने र भाजपाका वरिष्ठ नेता तथा गृहमन्त्री अमित शाहबिच भेटवार्ता भएको छ। भेटवार्तामा द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ।
भारतका गृहमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई निर्वाचनमा पाएको अभूतपूर्व सफलता र ऐतिहासिक विजयका लागि बधाई दिँदै नयाँ सरकारको सफलताका लागि भारतका तर्फबाट शुभकामना व्यक्त गरेका छन्। भेटघाटको क्रममा दुवै नेताले भारत र नेपालबिचको विशेष सम्बन्धलाई अझ सुदृढ र सशक्त बनाउन सहकार्य गर्दै अघि बढ्ने दृढ प्रतिबद्धता व्यक्त गरेका छन्।
आजै लामिछाने नेतृत्वको रास्वपाको प्रतिनिधिमण्डललाई भाजपाको केन्द्रीय कार्यालयमा स्वागत गरिएको थियो। जहाँ भाजपा अध्यक्ष नितिन नवीनलगायतसँग भेटवार्ता भएको थियो। भाजपाको निमन्त्रणामा लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल सोमबार भारत गएको हो। जसमा नेताहरू विपिन आचार्य र दीपक बोहरा छन्।
