नेकपा(एमाले)ले केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टीको सचिवालय बैठकले असार १५ देखि २० गतेको बिचमा बैठक बोलाउने निर्णय गरेको हो।
उपमहासचिव लेखराज भट्टका अनुसार पार्टी अध्यक्ष र महासचिवबिचको सल्लाहमा १५ देखि २० गतेको बिचमा बैठकको मिति तय हुनेछ । सोही बैठकले पार्टी पुनर्गठनको विषयमा निर्णय हुने भएको छ ।
सचिवालय बैठकमा नेताहरूले पार्टी पुनर्गठनको विषय उठाएपछि केन्द्रीय समितिको बैठक बोलाइएको हो। सोही बैठकले पार्टी पुनर्गठनको विषयमा निर्णय गर्ने नेता लेखराज भट्टले बताए।
त्यस्तै, पार्टी पुनर्गठनसम्बन्धी सुझाव दिन उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षताका कार्यदल गठन गरिएको छ।