नेपाली कांग्रेसले संविधान संशोधनका लागि अध्ययन गरी सुझाव दिन गठित समितिलाई पूर्णता दिएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको गत चैत ११ गतेको बैठकले संविधान संशोधनको विषयमा अध्ययन गरी आवश्यक राय–सुझाव दिनका लागि विज्ञ सम्मिलित समिति बनाउने निर्णय गरेको थियो। पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा रहेको समितिलाई कांग्रेसले आइतबार पूर्णता दिएको हो।
समितिले पार्टीले निर्वाचनमा नागरिकसँग गरेको प्रतिज्ञा र केन्द्रीय कार्यसमितिकाे निर्णयबमोजिम संविधानका आधारभूत विषयमा सम्झौता नहुने गरी संशोधनका विषयहरू पहिचान गरी राय सुझाव दिने बताइएको छ।
