खुला व्यायामशालाको संरचना भाँचियो, तर मर्मतका लागि पालिकाले देखाएन चासो

शनिबार, ५ बैशाख, २०८३
डिजिटल संस्करण

बर्दियाको राजापुर नगरपालिका रहेको खुला व्यायामशालाको संरचना भाच्चिँदा पालिकाले मर्मतका लागि चासो देखाएको छैन। राजापुर नगरपालिका- ४, महेन्द्रपार्कमा रहेको  खुला व्यायामशालाको संरचना भाच्चिँदा पालिकाले मर्मतका लागि चासो देखाएको छैन। 

राजापुर नगरपालिका- ४ को वडा कार्यालयअगाडि बनेको खुला व्यायामशाला निर्माण र पार्क मर्मतको काम  पालिकाले कोटेसनमार्फत नौ लाख ९४ हजार दुई सय ३६ रुपैयाँमा गरेको थियो। नितेन एन्ड निरू कन्स्ट्रक्सनले ०८२ फागुन ५ गते सम्झौता गरेर ०८२ वैशाख ३१ गते सक्ने गरी खुलामा व्यायामशाला निर्माण र पार्क मर्मतको काम गरेको थियो। खुला व्यायामशालाको उद्‌घाटन पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)ले गरेको थिए। उद्‌घाटन भएको एक वर्ष नहुँदै भाँचिएको  व्यायामशाला मर्मतका लागि पालिकाले चासो देखाएको छैन। 

राजापुर नगरपालिका- ४ का वडाध्यक्ष विदुर पोख्रेल व्यायामशाला निर्माण भएपछि दुईपटक मर्मत भएको बताए। उनले भने, ‘पालिकाले निर्माण गरेको खुला व्यायामशाला मर्मतका लागि काम अगाडि बढेको छ। व्यायामशाला रहेका बिग्रिएको सामान मर्मत गर्नका लागि आवश्यक पर्ने सामान नआई पुगेर मर्मत रोकिएको हो। अब केही दिनमा नै व्यायामशाला मर्मत हुन्छ।’ खुला व्यायामशाला सार्वजनिक सम्पत्ति भएको भएको हुँदा यसलाई संरक्षण गर्न सबैजना लाग्नुपर्ने अध्यक्ष पोख्रेल बताए।

पालिकाको बजेटबाट बनेको यस्ता संरचनाको संरक्षण नहुँदा वर्षेनी लाखौँ रुपैयाँको खेर गइरहेको छ। आवश्यकताभन्दा पनि व्यक्ति विशेषका रहरले यस्ता संरचना बन्ने गरेका छन्।

सुझावित समाचार