नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीमा असन्तुष्ट इतरपक्षसँग संवादको जिम्मेवारी सभापति गगनकुमार थापालाई दिएको छ। बुधबार बसेको कार्यसम्पादन समिति बैठकले पार्टीमा बृहत्तर एकताका लागि संवाद गर्न सभापति थापालाई जिम्मेवारी तोकेको हो।
‘पार्टीमा बृहत्तर एकता कायम गर्दै १५औँ महाधिवेशन निर्धारित समयभित्रै सम्पन्न गर्न पार्टीका सबै साथीहरूसँग संवादका लागि सभापति गगनकुमार थापालाई जिम्मेवारी दिने निर्णय गरिएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।