काठमाडौंमा एक करोड १६ लाख नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंले भीमढुंगाबाट२८ वर्षीय सागर गिरी र प्रमोप्रसाद धिताललाई भीमढुंगाबाट पक्राउ गरेको हो।
उनीहरू हुन्डी र अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको एसपी पवनराज भट्टराईले बताए। उनीहरूको दुईवटा कार, ६ वटा मोबाइल तथा ३१ वटा सिमकार्ड पनि प्रहरीले बरामद गरेको छ। उनीहरूको बाइनान्स एपमा सात हजार १७५ डलर ब्यालेन्स प्रहरीले फेला पारेको छ।