निर्वाचनमा सुरक्षाकर्मी घाइते भए उपचार खर्च सरकारले व्यहोर्ने

बुधबार, १३ फागुन, २०८२
डिजिटल संस्करण

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा सुरक्षाकर्मी तथा निर्वाचन प्रहरी घाइते भए उपचारमा लाग्ने खर्च सरकारले व्यहोर्ने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको  हो।

बैठकले सो अवधिमा सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि गरेको छ।

‘निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीलाई उपचारमा लागेको खर्च नेपाल सरकारले व्यहोर्ने साथै सो अवधिमा निजहरूको मृत्यु भएमा निजको आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने,’ बुधबार सार्वजनिक निर्णयमा भनिएको छ।

सुझावित समाचार