समूह चरणबाटै बाहिरियो अस्ट्रेलिया, जिम्बावे अघिल्लो चरणमा

मंगलबार, ५ फागुन, २०८२
डिजिटल संस्करण

आइसिसी टी २० विश्वकपमा उपाधि दाबेदारमध्ये एक मानिएको अस्ट्रेलिया समूह चरणबाटै बाहिरिएको छ। समूह बीबाट श्रीलंका र जिम्बावे सुपर ८ मा प्रवेश गरेका छन्। 

मंगलबारका लागि तय भएको जिम्बावे र आयरल्यान्डबिचको खेल वर्षाका कारण रद्द भएर उनीहरूले अंक बाँडेसँगै अस्ट्रेलियाको सम्भावना समाप्त भएको हो। अस्ट्रेलियाले यसअघि तीन खेलमा दुई खेल हारिसकेको छ। श्रीलंका र जिम्बावेसँग अस्ट्रेलिया पराजित भएको थियो। जिम्बावे मंगबार आयरल्यान्डसँग पराजित भएको अवस्थामा उसको सम्भावना कायम रहन्थ्यो। 

जिम्बावेले लगातार दुई खेल जितेको थियो भने मंगलबार आयरल्यान्डसँग अंक बाँडेसँगै उसको ५ अंक भएको छ। समूह चरणमा उसको अन्तिम खेल श्रीलंकासँग छ। 

सुझावित समाचार