सरकार र निर्वाचन आयोगबिच छलफल

आइतबार, ४ माघ, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू गर्नेलगायत विषयमा सरकार र निर्वाचन आयोगबिच छलफल सुरु भएको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सुरु भएको छलफलमा सरकारका मन्त्री तथा आयोगका पदाधिकारी र कर्मचारी सहभागी छन्। 

छलफलको मुख्य विषय निर्वाचन आचारसंहिता कार्यान्वयन रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले मनोनयनको मिति सार्न प्रस्ताव गरेकाले त्यस विषयमा पनि छलफल हुने सम्भावना छ । 
 

सुझावित समाचार