नेपाली कांग्रेसको विशेष महाधिवेशनमा बुधबार मात्र निर्वाचन हुने भएको छ। निर्वाचन समितिका संयोजक सीताराम केसीले आज नभ्याइने भएकाले बुधबार मात्र मतदान हुने बताए।
यसअघिको कार्यतालिकाअनुसार आज बेलुका ९ बजेदेखि मतदान गर्ने कार्यक्रम थियो। आज उम्मेदवारी दर्ता भइरहेको छ।
उता सहमति खोज्न पार्टीमा वार्ता पनि चलिरहेको छ। मंगलबार दुई चरणमा वार्ता भएको थियो । तर, सहमति जुट्न सकेको छैन। बेलुका फेरि छलफल गर्ने तयारी भइरहेको छ।