रवि लामिछानेले भने - रास्वपा प्रधानमन्त्रीको साथमा छ, चुनाव गराउनुस्

शनिबार, ५ पुष, २०८२
डिजिटल संस्करण

रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीलाई अनुहार उज्यालो बनाएर निर्धक्कसँग काम-कारबाही अघि बढाउन आग्रह गरेका छन्।

आज चितवनवासीलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

उनले आफू नक्खु कारागारमा रहेका वेला कहिलेकाहीँ टेलिभिजन हेर्दा प्रधानमन्त्री कार्कीको अनुहार अँध्यारो देख्ने गरेको बताए। त्यसबिच उनले प्रधानमन्त्री कार्कीको साथमा रास्वपा रहेको बताए।

उनले भनेका छन्, ‘आफ्नो अनुहार उज्यालो पार्नुहोस् प्रधानमन्त्रीज्यू, रास्वपा तपाईंको साथमा छ, सुशासनको डन्डा चलाउनुहोस्। चुनाव गराउनुहोस्। रास्वपा तपाईंको साथमा छ। अनुहारमा हाँसो ल्याउनुहोस् प्रधानमन्त्रीज्यू।’

सुझावित समाचार