दीक्षान्त समारोहको तयारीमा जुट्यो त्रिवि, १६ हजार विद्यार्थी सहभागी हुने

शुक्रबार, ४ पुष, २०८२
डिजिटल संस्करण
दीक्षान्त समारोहको तयारीमा जुट्यो त्रिवि, १६ हजार विद्यार्थी सहभागी हुने

फाइल तस्बिर

त्रिभुवन विश्वविद्यालय १० पुसमा हुने दीक्षान्त समारोहको तयारीमा जुटेको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै त्रिविले दीक्षान्त समारोहको तयारी र व्यवस्थापनबारे जानकारी गराएको हो।

त्रिविका अनुसार यसपटक दीक्षान्त समारोहमा १६ हजार ३८० विद्यार्थी सहभागी हुँदै छन्। यस वर्ष स्नातक तहदेखि पिएचडीसम्म ८९ हजार १९९ विद्यार्थी उत्तीर्ण भए पनि निकै कमले दीक्षान्त समारोहका लागि फारम भरेका थिए।

त्रिवि उपकुलपति प्राडा दीपक अर्यालले दीक्षान्त समारोहको तयारी अन्तिम चरणमा पुगेको बताए। उनका अनुसार स्नातक, स्नातकोत्तर, एमफिल, पिएचडी तह उत्तीर्ण गरेका विद्यार्थीहरू सहभागी हुँदै छन्। दीक्षित हुनका लागि सबैभन्दा बढी स्नातक तहका विद्यार्थीले फारम भरेका छन्।

सुझावित समाचार