एमालेको अध्यक्षका लागि केपी ओली र ईश्वर पोखरेलले मनोनयन दर्ता गराएका छन्। भृकुटीमण्डपमा जारी ११औँ महाधिवेशनमा ओली र पोखरेलले मनोनयन दर्ता गरेका हुन्।
दुवैजना प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। नयाँ नेतृत्वका लागि आज मनोनयन दर्ता र भोलि मंगलबार मतदान हुँदै छ।