मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ३ शुक्रबार
  • Friday, 19 September, 2025
२o८२ असोज ३ शुक्रबार ११:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमती प्रदेश सरकारद्वारा संविधान तथा राष्ट्रिय दिवसको कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असोज ३ शुक्रबार ११:४७:oo

बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवसको आयोजना गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयपरिसरमा शुक्रबार एक औपचारिक कार्यक्रमबिच संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ आयोजना गरिएको हो। 

विगतका वर्षहरूमा संविधान दिवसको दिन विशेष झाँकी र र्‍यालीले बजार परिक्रमा गरी दिवस मनाइने गरिएको भए पनि यस वर्ष जेन–जी आन्दोलनका कारण भएको जनधनको क्षति र सुरक्षालाई दृष्टिगत गरी औपचारिक कार्यक्रम मात्रै आयोजना गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।

प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको संविधान दिवस कार्यक्रममा प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा प्रमुख अतिथि रहेका थिए। यस्तै, कार्यक्रममा पूर्वमुख्यमन्त्री एवं प्रदेश सभामा विपक्षी दलका नेता शालिकराम जम्कट्टेल, प्रदेश सभाका उपसभामुख अप्सरा चापागाईँ, विभिन्न मन्त्रालयका मन्त्री, प्रदेशका प्रमुख सचिव भूपाल बराललगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।