मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:oo:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत  डा. गोविन्दराज पोखरेललाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:oo:oo

आन्दोलनका क्रममा सार्वजनिक संरचना ध्वस्त हुनुले हाम्रो विकास निर्माणमा कस्तो प्रभाव पर्ला ?
सार्वजनिक संरचना ध्वस्त हुनुले अन्य आर्थिक गतिविधि बढाउने, उत्पादन वृद्धि गराउने, विकास निर्माणको पैसा पहिले नै बनिसकेका बनिबनाउ संरचना पुनर्निर्माणमा खर्चिनुपर्ने अवस्था सिर्जना भएको छ । यसले गर्दा यसै पनि पछि परिरहेको हाम्रो विकास निर्माण थप ढिलो हुने र पछाडि धकेलिने अवस्था सिर्जना भएको छ । अहिलेको विनाश या ध्वंसले निजी क्षेत्रको मनोबल निकै गिरेको छ । तोडफोडमा संलग्न जेन–जी नभए पनि युवा नै थिए । यसबाट हाम्रो समाज र यहाँका युवा निजी क्षेत्रमैत्री रहेनछन् भन्ने सन्देश गएको छ । हाम्रो निजी क्षेत्रले समाज र सरकार दुवैतिरबाट संरक्षण नपाएको अवस्थाबाट विदेशी लगानी आउने बाटो बन्द हुन सक्छ । राजस्व संकलनमा असर पर्न सक्छ । बैंकको कर्जा असुलीमा समस्या आउन सक्छ । पर्यटक आगमन घट्न सक्छ । आयात थपिने र निर्यात घट्ने अवस्था आउँछ । यसबाट समग्र अर्थतन्त्रमै नकारात्मक असर पर्न सक्छ । 

ध्वस्त सार्वजनिक संरचनाहरूको पुनर्निर्माण कसरी गर्न सकिएला ?
अर्थमन्त्रीज्यूले अनुत्पादक क्षेत्रमा जाने टुक्रे आयोजना खारेज गर्ने बताउनुभएकाले त्यसबाट पनि केही स्रोत जुट्न सक्छ । सार्वजनिक खर्च कटौती गर्नुपर्छ । अबका दिनमा सार्वजनिक संरचना बनाउँदा हामीलाई ठिक्क पुग्ने आकारमा बनाउनुपर्छ । विलासी शैलीका भवन या संरचना बनाउनु हुँदैन । आफ्नै कला र मौलिकताको उपयोग गर्नुपर्छ । विभिन्न नाममा बनेका आयोग र समितिलाई खारेज गर्नुपर्छ । सरकारले वैदेशिक अनुदान या ऋणका लागि पनि पहल गर्नुपर्छ । 

यसमा नागरिक स्तरबाट चाहिँ कस्तो भूमिका अपेक्षित हुन्छ ?
स्थानीय तह र राजनीतिक दलहरूले श्रमको संस्कृतिलाई प्रोत्साहन गर्ने नीति लिनुपर्छ । दलका कार्यकर्तालाई पनि यस्ता कार्यमा श्रमदान गर्न दलहरूले प्रोत्साहित गर्नुपर्छ । राज्यले लिने नीति सफल पार्न जनस्तरबाटै सघाउनुपर्छ ।