मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 17 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोटेश्वरस्थित भाटभटेनीमा भेटिएको कंकालकाे पहिचान खुल्याे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:१७:oo

कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटको चौथो तलामा भेटिएको कंकाल रामेछाप खाडादेवी गाउँपालिका–६ का २२ वर्षीय विकास रसाइलीको रहेको खुलेको छ। 

पोष्टमार्टमका लागि शव महाराजगन्जस्थित शिक्षण अस्पतालमा लगिएको छ। 
प्रहरीका अनुसार उनको शव परिवारका सदस्यलाई जिम्मा लगाउने प्रकृया अघि बढेको छ। रसाइली च्यासल बस्दै आएका थिए।

गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा ध्वस्त बनेको सुपरमार्केट सफाई गर्ने क्रममा उनको कंकाल भवनको चौथो तलामा भेटिएको थियो। त्यसलगत्तै भाटभटेनी प्रशासनले प्रहरीलाई खबर गरेको थियो। अनुसन्धानका क्रममा उनको पहिचान खुलेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा फेला परेको कंकाल सनाखत भएको बताए। उनले भने, ‘कंकाल २२ वर्षीय विकास रसाइलीको रहेको खुलेको छ। पोष्टमार्टमका लागि अहिले महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको छ। कंकाल परिवारका सदस्यलाई जिम्मा लगाउने प्रकृया अघि बढेको छ।’