मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 15 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:३१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनसेलका काठमाडौंसहित चार सहरका कार्यालयमा गम्भीर क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:३१:oo

 जेन–जी आन्दोलनका क्रममा एनसेलको मुख्य कार्यालयसहित देशका चार सहरमा रहेका कार्यालयमा गम्भीर क्षति पुगेको छ । कम्पनीका अनुसार काठमाडौंस्थित मुख्य कार्यालय ‘एनसेल आइकम’सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयमा गम्भीर क्षति पुगेको हो । यो ध्वंसात्मक घटनाले भौतिक क्षतिका साथसाथै कर्मचारीको सुरक्षा र सेवा निरन्तरतामा पनि गम्भीर जोखिम उत्पन्न गराएको कम्पनीको भनाइ छ । 

‘एनसेल सधैँझैँ देश र आमजनमानसलाई दूरसञ्चार सेवामा निरन्तर पहुँच सुनिश्चित राख्ने आफ्नो मूल उद्देश्यमा अडिग रह्यो,’ एनसेलले भनेको छ, ‘संकटको समयमा हामीले तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवा उपलब्ध गरायौँ । तर, हामीमाथि भएको यस्तो आक्रमणले दुःखी बनाएको छ ।’ 

सरकारको नेतृत्व गरेकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै कम्पनीले देशका युवाहरूको अगुवाइमा गरिएको आन्दोलनले ल्याएको परिवर्तनलाई स्वागत गरेको जनाएको छ । यो परिवर्तनले सबै नेपालीका लागि एकता, शान्ति र समृद्धि ल्याउने आशा रहेको कम्पनीको भनाइ छ । साथै, अन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । 

२० वर्षदेखि एनसेलले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा नेपालको रूपान्तरण यात्रामा साथ दिँदै, रोजगारी सिर्जना, आर्थिक वृद्धिलाई गति प्रदान गर्दै र डिजिटल नेपाल निर्माणको भिजनमा योगदान पुर्‍याउँदै आएको छ ।