
शिक्षिका एव कवि लक्ष्मीदेवी गौडेलको बालकविताहरूको संगालो ‘मोबाइलको किरो’ प्रकाशन भएको छ। उनको यो पुस्तकमा ‘मोबाइलको किरो’, ‘घर पनि मन्दिर’, ‘साथीसँग मिली खेल’, ‘खाना फाल्न हुन्न’, ‘काठमाडौं सहर’, ‘तिउरीको पात’, ‘सम्झनामा बालापन’, ‘मेरो किताब’, ‘सानो खरायो’, ‘कलकलाउँदो डाली’, ‘मातृभूमि छोडी’ र ‘स्कुल लाग्छ राम्रो’ शीर्षकका बालबालिकाका लागि प्रेरणादायी कविताहरू छन्।
गौडेलले बालकविताहरूको संगालो ‘मोबाइलको किरो’ विद्यालयका बालबालिकाले रुचाएको र अभिभावकहरूबाट समेत सकारात्मक प्रतिक्रिया आएको बताइन्।
तीन दशकदेखि साहित्य सिर्जनामा निरन्तर कमल चलाउँदै आएकी उनको रचना प्रकृतिप्रेम, पर्यावरणीय चेतना, जीवनबोध, मानवता र हार्दिकतापूर्ण रहने गरेका छन्। विगतमा ‘गलज सन्ध्या’ पोखरा र ‘अक्षरयात्रा’ मा आबद्ध गौडेलले विभिन्न साहित्यक प्रतियोगितासमेत जितेकी छिन् । २०५४ देखि नै फुटकर रचना लेख्दै आए पनि ‘मोबाइलको किरो’ उनको पहिलो पुस्तक हो। बेला पब्लिकेसनले प्रकाशन गरेको पुस्तकको मूल्य दुई सय रुपैयाँ छ।