मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २९ आइतबार
  • Sunday, 14 September, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ भदौ २९ आइतबार १८:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय परिचयपत्र वितरण पुनः सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ भदौ २९ आइतबार १८:२१:oo

देशका विभिन्न स्थानबाट पुनः राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ। जेन जेड आन्दोलनका कारण भदौ २३ गतेदेखि अवरुद्ध भएको सेवा आजदेखि सुरु भएको हो।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आज सूचना प्रकाशित गरेर सेवा सुरु भएको जानकारी दिएको हो। 

विभागका अनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, स्थानीय तह र विभागले तोकेको अन्य स्थानहरूमा सेवा सुरु भइसकेको र अन्य कार्यालयहरूमा क्रमशः सेवा सुचारु हुँदै जाने छ।