मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 13 September, 2025
Invalid date format १६:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्याक्टर दुर्घटना हुँदा सहचालकको घटनास्थलमा नै मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:o४:oo

धनकुटाको सहिदभूमि गाउँपालिकामा आज विहान ११.४५ बजे ट्याक्टर दुर्घटना हुँदा सहचालकको घटनास्थलमा नै मृत्यु भएको छ।

सहिदभूमि गाउँपालिका–३, पञ्चकन्यास्थित भित्री सडकखण्डमा सेतीचोकबाट पञ्चकन्यातर्फ आउँदै गरेको को २ त ८६९९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट ८० मिटर तल खसेको थियो।

उक्त ट्याक्टरका सहचालक सहिदभूमि गाउँपालिका–२ का १८ वर्षीय खगेन्द्र परियारको ट्याक्टरले किचेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

उक्त ट्याक्टरका चालक सहिदभूमि गाउँपालिका–२ का २३ वर्षीय सचिन शिवा भने घाइते भएका छन्। उनको अहिले जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ। घाइते शिवाको टाउकोमा चोट लागेको छ। ट्याक्टर अहिले घटनास्थलमा नै रहेको छ भने दुर्घटनाको कारण अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।