मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २७ शुक्रबार
  • Friday, 12 September, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ भदौ २७ शुक्रबार २२:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादीले भन्यो– प्रतिनिधिसभा विघटनप्रति असहमत छौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ भदौ २७ शुक्रबार २२:४४:oo

नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा विघटनप्रति ‘गम्भीर असहमति’ रहेको जनाएको छ । उक्त पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले शुक्रबार बेलुका प्रेस विज्ञप्ति जारी गरी वर्तमान संसद्‌ विघटन गर्ने निर्णय मुलुकको संवैधानिक व्यवस्थाविपरीत रहेको उल्लेख गरेका हुन्‌ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको पदाधिकारीको आकस्मिक बैठकले ‘वर्तमान परिस्थितिको विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्थाविपरीत जसरी वर्तमान संसदलाई विघटन गर्ने निर्णय गरिएको छ, उक्त निर्णयप्रति हाम्रो पार्टीको गम्भीर रूपमा असहमति रहेको निर्णय गरेको छ’ सापकोटाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।