मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २७ शुक्रबार
  • Friday, 12 September, 2025
२o८२ भदौ २७ शुक्रबार २२:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कारागार तथा बाल सुधारगृहबाट भागेका तीनजना सिराहाबाट पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २७ शुक्रबार २२:५४:oo

जेन–जी आन्दोलनको मौका छोपेर मंगलबार कारागार र बाल सुधारगृहबाट भागेका तीनजनालाई सिराहा प्रहरीले नेपाल–भारतको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार आन्दोलनको क्रममा महोत्तरीको जलेश्वरस्थित कारागार र पर्साको बिर्तास्थित बाल सुधारबाट भागेका गरी दुईजनालाई शुक्रबार साँझ नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको हो ।

लागुऔषध तथा हातहतियार खरखजाना मुद्दाअन्तर्गत जलेश्वर कारागारमा पुर्पक्षमा रहेका २६ वर्षीय रूपेशकुमार बैदार फरार भएको अवस्थामा पक्राउ गरिएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।  

उनका अनुसार पर्साको बिर्तास्थित बाल सुधारबाट फरार भएका बाल बिज्याइँकर्ताहरू जबर्जस्ती करणी मुद्दाका १४ वर्षीय मो. सद्दाम अन्सारी र कर्तव्य ज्यान मुद्दाका १५ वर्षीय मो. सहमद नदाफलाई पक्राउ गरी जिल्ला प्रहरीमार्फत सम्बन्धित कारागार र बाल सुधारगृहमा पठाउन समन्वय भइरहेको छ ।