
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ऐतिहासिक दस्ताबेज, कागजपत्र, बहुमूल्य वस्तु, हातहतियार खरिद तथा बिक्री नगर्न अनुरोध गरेको छ ।
सिआइबीले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा सरकारी तथा निजी भवन, बैंक, वित्तीय संस्थालगायतका संरचनाहरूमा आगजनी र तोडफोड गर्नुपूर्व त्यस्ता भवनहरूमा रहेका ऐतिहासिक दस्ताबेज, कागजपत्र, बहुमूल्य वस्तु, हातहतियार र अन्य महत्त्वपूर्ण जिन्सी तथा नगद सामानहरू लुटपाट गरी बजारमा बिक्री–वितरण गरिरहेको सूचना प्राप्त भएकाले सो सम्बन्धमा ब्युरो एवं अन्य प्रहरी कार्यालयहरूबाट अनुसन्धान भइरहेको जनाएको छ ।