मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 11 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:५९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

काठमाडौंमा तीन, ललितपुर र भक्तपुरमा दुई–दुईवटा बैंकका शाखा खुलाउन बैंकरहरूबिच सहमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:५९:oo

काठमाडौं उपत्यका र देशका अन्य जिल्लाहरूका सुरक्षित स्थानमा रहेका वाणिज्य बैंकका शाखा सञ्चालनमा ल्याउने गरी बैंकरहरूबिच सहमति भएको छ । जेन–जी आन्दोलनपछि सेनाद्वारा जारी निषेधाज्ञा र कर्फ्युपछि बन्द रहेका बैंकका शाखाहरू निश्चित संख्यामा चलाउन नेपाल बैंकर्स संघले निर्णय गरेको हो । 

काठमाडौं उपत्यकाभित्र काठमाडौं जिल्लामा तीनवटा, ललितपुर र भक्तपुरमा दुई–दुईवटाका दरले बैंकका शाखा खुलाउने सहमति गरिएको संघका प्रवक्ता अनिल शर्माले जनाए ।

उनका अनुसार सीमित  कर्मचारी राखेर बिहान १० बजेदेखि दिउँसो २ बजेसम्मका लागि शाखा सञ्चालनमा ल्याउने उल्लेख छ। उनले भने, ‘काठमाडौं उपत्यकाबाहेक अन्य जिल्लाहरूमा भने जिल्ला प्रशासन कार्यालयको समन्वयमा सुरक्षित स्थानमा रहेका बैंकका शाखा सञ्चालनमा ल्याउने सहमति भएको छ ।’