मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २६ बिहीबार
  • Thursday, 11 September, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ भदौ २६ बिहीबार १७:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फरार अभियुक्त र कैदीबन्दीलाई तत्काल सम्पर्कमा आउन प्रहरीको अनुरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ भदौ २६ बिहीबार १७:२३:oo

जेन-जीको प्रदर्शनका क्रममा फरार अभियुक्त र कैदीबन्दीलाई तत्काल सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ।

नेपाल प्रहरीका विभिन्न कार्यालय, इकाइ तथा कारागारमा भएको तोडफोड र आगजनीका घटनापछि प्रहरी प्रधान कार्यालयले फरार रहेका अभियुक्त र कैदीबन्दीलाई सम्बन्धित जिल्लाको जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी इकाइ वा अन्य सुरक्षा निकायसँग यथाशीघ्र सम्पर्कमा आउन अनुरोध गरेको हो।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा हिरासतमा रहेका केही अभियुक्त र अदालतबाट सजाय भुक्तान गर्न कारागारमा रहेका कैदीबन्दीहरू घटनापश्चात् फरार भएका छन्। उनीहरूको सुरक्षाको सुनिश्चितता र कानुनी प्रक्रिया पालनाका लागि प्रहरीले तत्काल सम्पर्कमा आउन आग्रह गरेको हो।