मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २६ बिहीबार
  • Thursday, 11 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ २६ बिहीबार १६:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संवैधानिक सर्वोच्चताभित्रैबाट निकास खोजियोस् : बार एसोसिएसन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २६ बिहीबार १६:१४:oo

नेपाल बार एसोसिएसनले संवैधानिक सर्वोच्चताभित्रैबाट निकास खोज्न आग्रह गरेको छ। कैयनको बलिदानी र वर्षौंँको प्रयासपछि अहिलेको संविधान बनेको स्मरण गराउँदै बारले संविधानको मर्मभित्र रहेर तत्काल राष्ट्रिय सरकार गठन गर्न अनुरोध गरेको छ।

‘यस जटिल परिस्थितिमा, संविधानको मर्मभित्र रही तत्काल राष्ट्रिय सरकार गठन गरी शासन प्रणालीलाई सहज बनाउनुपर्ने आवश्यकतामा हामी जोड दिन्छौँ। साथै, न्यायमा सबैको पहुँच सुनिश्चित गर्नका लागि अदालतका कार्यहरू निर्वाध रूपमा सञ्चालन भइरहनुपर्दछ,’ बिहीबार बारले विज्ञप्तिमार्फत भनेको छ।

संविधानमा आवश्यक सुधार, परिमार्जन र संशोधन गर्दै जेन–जीको माग सम्बोधन गर्नुपर्ने बारले स्पष्ट पारेको छ। ‘सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्था जेन–जी (युवा पुस्ता)को आधारभूत माग हो। यो माग यदि भूराजनीतिको चपेटमा परेर अँध्यारो सुरुङतर्फ प्रवेश गर्‍याे भने पुर्खाको रगतबाट सिँचित नेपाली सार्वभौमसत्तामा आँच आउने अवस्था हुन्छ, जुन नेपालका कुनै पनि नागरिकले सपनामा समेत स्विकार्न सक्दैन,’ बारले भनेको छ, ‘तसर्थ, देश जोगाऔँ, संविधानमा आवश्यक सुधार, परिमार्जन र संशोधन गरौँ, नेपाली भूमिमा नेपाली जनताको ढुकढुकीमा संविधान बचाऔँ।’

अहिलेको जटिल परिस्थितिमा राष्ट्रपतिको भूमिका अहं रहेको स्पष्ट पार्दै बारले तत्काल नागरिक शासन कायम गर्न माग गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि बहानामा लोकतन्त्र, गणतन्त्र र समानुपातिक समावेशितासहितको संघीयताजस्ता स्थापित संवैधानिक उपलब्धिहरूमा सम्झौता नगरौँ।’