मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २४ मंगलबार
  • Tuesday, 09 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २४ मंगलबार १३:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धुवाँका कारण दक्षिणतर्फबाट आगमन बन्द, त्रिभुवन विमानस्थल सञ्चालनमै : प्राधिकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २४ मंगलबार १३:४४:oo

धुवाँका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिणतर्फबाट आउने उडान अस्थायी रूपमा प्रभावित भए पनि विमानस्थल पूर्ण रूपमा बन्द नभएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

त्रिभुवन विमानस्थलका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले भने,  ‘दक्षिणतर्फको फ्लाइट पाथमा धुवाँका कारण भिजिबिलिटी कम हुँदा त्यहाँबाट हुने आगमन रोकिएको हो। तर, अन्य सबै सञ्चालन भने सामान्य रहेको छ।’

उनका अनुसार उडान आगमन तथा प्रस्थान नियमित रूपमा जारी छ र यात्रुहरूलाई कुनै समस्या नभएको स्पष्ट गरिएको छ। तर, आधा घण्टादेखि उडान भने रोकिएको छ । अहिले नेपाली सेना र निजी कम्पनीको हेलिकाेप्टरले मात्रै उडान भरिरहेका छन् । आकाशमा ड्रोनसमेत उडिरहेकाले उडानमा अवरोध भइरहेको क्यानले जनाएको छ ।