मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २३ सोमबार
  • Monday, 08 September, 2025
२o८२ भदौ २३ सोमबार १३:१२:oo
Read Time : < 1 मिनेट
समाचार

दमकको आन्दोलन प्रहरीको नियन्त्रणबाहिर, आन्दोलनकारीद्वारा नगरपालिका कब्जा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २३ सोमबार १३:१२:oo

प्रधानमन्त्री केपी ओलीको गृहनगर दमकमा  भ्रष्टाचारविरुद्ध आन्दोलन उग्र बनेको छ । युवाहरूले  दमक नगरपालिकाको कार्यालय नै कब्जा गरेका छन् । 

आन्दोलनकारीहरू उग्र बनेपछि प्रहरी पछि हटेको छ । प्रहरी हटेपछि स्थानीयले नगरपालिकामा रहेका एक दर्जन गाडी र मोटरसाइकल  जलाएका छन् । पछिल्लो समय नगरपालिका प्रदर्शनकारीको कब्जामा छ । 

सुरुमा प्रहरीले आन्दोलन रोक्न गोली र अश्रुग्यास प्रहार गरेको थियो । तर, भिड रोक्न नसकेपछि प्रहरी पछि हटेको छ । प्रहरीको गोली लागेर एकजना घाइते भएका छन् । उनको दमक अस्पतालमा उपचार भइरहेको छ। पछिल्लो समय सशस्त्र प्रहरी परिचालन गरेर स्थिती नियन्त्रण लिने प्रयास भइरहेको छ। 

भ्रष्टाचारविरुद्ध सोमबार देशैभरि जेन–जी पुस्ताले आन्दोलन गरिरहेका छन् । उनीहरूले प्रधानमन्त्री ओलीविरुद्ध चर्काे नाराबाजी गरेका छन्।