मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २४ मंगलबार
  • Tuesday, 09 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २४ मंगलबार १८:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

इयूले भन्यो-प्रदर्शनका क्रममा भएका हिंसात्मक घटनाको स्वतन्त्र छानबिन आवश्यक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २४ मंगलबार १८:२१:oo

युरोपेली संघ (इयू)ले नेपालमा जारी प्रदर्शनका क्रममा भएको हिंसा र मृत्यु घटनाप्रति गहिरो दुःख प्रकट गरेको छ।

इयूले वक्तव्यमा भनेको छ, “नेपालमा जारी प्रदर्शनका क्रममा भएका हत्या र हिंसात्मक घटनाले हामीलाई दुःखी बनाएको छ । यी घटनाहरूको स्वतन्त्र छानबिन हुन आवश्यक छ ।”

ईयूले संयम अपनाउन आह्वान गर्दै भनेको छ, “जीवन रक्षाका लागि आवश्यक सबै कदम चाल्न ध्यान दिनुपर्छ । मृतक परिवारप्रति हाम्रो समवेदना छ र घाइतेहरूको छिटो स्वास्थ्य लाभको कामना गर्दछौं।”

युरोपेली संघले संवादमार्फत सबै पक्षबीच मतभेद समाधान गर्न र सबै मौलिक अधिकारहरू सुनिश्चित गर्न आग्रह गरेको छ।