
सन् १७९३ : फ्रान्समा ‘रेन अफ टेरर ’ सुरु भयो । यस अवधिमा १७ हजारलाई मृत्युदण्ड दिइएको थियो ।
सन् १७७४ : अमेरिकी महादेशका १३ मध्ये १२ ब्रिटिस उपनिवेशका प्रतिनिधि सम्मिलित पहिलो ‘कन्टिनेन्टल कंग्रेस’ फिलाडेल्फियाको ‘कारपेन्टर्स हल’मा बस्यो ।
सन् १८८२ : करिब दश हजार श्रमिकले न्युयोर्क सहरमा पहिलो श्रमिक दिवसको परेडमा भाग लिए ।
सन् १९७२ : म्युनिख ओलम्पिकमा भाग लिन गएका इजरायली खेलाडीलाई प्यालेस्टिनी सैन्य समूह ‘ब्ल्याक सेप्टेम्बर’ले बन्धक बनाए । पछि चलाइएको असफल उद्धार अभियानमा सबै नौ बन्धक र तीन विद्रोही मारिएका थिए ।