
भ्रष्टाचारविरुद्ध युवा पुस्ताले सोमबार गर्न लागेको प्रदर्शनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि समर्थन गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले सो प्रदर्शनको समर्थन गरेका हुन्।
तर, आफू ‘जेन जेड’मा नपर्ने भएकाले प्रदर्शनमा सहभागी नहुने उनको भनाइ छ । कार्यक्रममा आफ्ना स्वार्थ पूरा गर्न अन्य पार्टीका कार्यकर्ता तथा अभियन्ताहरूलाई सहभागी नहुने उनले भनेका छन्।
नयाँ पुस्ताले केही दिनयता सामाजिक सञ्जालमा नेता तथा कर्मचारीका सन्तानको आलिसान जीवनशैलीमाथि प्रश्न उठाउँदै भ्रष्टाचारविरोधी अभियान थालेका छन्। सोही समूहले सोमबार माइतीघर र बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न लागेको हो ।