मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १८ बुधबार
  • Wednesday, 03 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ १८ बुधबार २o:o४:oo
Read Time : > 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

‘रियल रिदम एन्ड सोल’मा नेपाली र रुसी नृत्य तथा गायन प्रस्तुति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ १८ बुधबार २o:o४:oo

नेपाल चेम्बर अफ कर्मशको हिरक जयन्ती अर्थात् ७५औं वार्षिकोत्सवको अवसरमा नेपाल महिला चेम्बरले काठमाडौंंमा सांस्कृतिक कार्यक्रम गरेको छ। महिला चेम्बरले सुशीला आर्ट एकेडेमीसँगको सहकार्यमा बुधबार ‘रियल रिदम एण्ड सोल’ नामक सांस्कृतिक कार्यक्रम गरेको हो।

यो चौथो चरणको कार्यक्रम हो। बुधबार साँझ काठमाडौंको कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रममा सुशीला आर्ट एकेडेमीका कलाकारहरूले आकर्षक नृत्य तथा गायन प्रस्तुत गरेका थिए। नेपाली र रसियन संस्कृतिमा आधारित नृत्य तथा गायन प्रस्तुत गरिएको थियो। सुशीला आर्ट एकेडेमीकी अध्यक्ष युलिया कोइरालाको संयोजनमा उक्त सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएका थिए। कार्यक्रमलाई रियल दरबारले सहयोग गरेका थियो। यस्तै, सिद्धार्थ बैंक, दि रसियन हाउस, रिल्भरीङ इभेन्टले पनि सहयोग गरेका थिए।

नेपाल महिला चेम्बरकी अध्यक्ष तथा नेपाल चेम्बर अफ कर्मशकी उपाध्यक्ष उर्मिला श्रेष्ठले महिला व्यवसाय र संस्कृतिलाई जोडेर यो कार्यक्रम आयोजना गरेको बताइन्। उनले महिला उद्यमीले धेरै समस्या भौग्दै आएको बताउँदै त्यसलाई न्यूनीकरण गर्नुपर्ने बताइन्।

यस्तै, नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष कमलेश अग्रवालले यो कार्यक्रमले महिला उद्यमशिलताको विकासमा सहयोग पुग्ने बताए। ‘यो सांस्कृतिक कार्यक्रम मात्रै होइन। महिलाको संस्कृति, आत्मविश्वास र पहिचानको रुपमा पनि यसलाई हेरेका छौं। महिलामा आत्मविश्वास बढेको छ। संस्कृति र व्यवसायलाई जोडेर कार्यक्रम गरिएको छ,’ उनले भने, ‘यसले राष्ट्रलाई नै प्रेरणा मिल्छ।’

हिरक जयन्ती मनाउँदै गरेको चेम्बरले मुलुकको अर्थतन्त्रमा स्थापनाकालदेखि नै महत्वपूर्ण योगदान दिएको उनको भनाइ थियो। नेपाल सरकारको पहिलो बार्षिक बजेट २००८ सालमा आएको थियो। २००७ सालमा स्थापना भएको चेम्बरले नेपालको पहिलो बजेटमा महत्वपूर्ण सुझाव दिएको अग्रवालले सुनाए। २०५४ देखि लागू भएको भ्याटलाई व्यवहारिक बनाउन पनि चेम्बरले भुमिका खेलेको उनको  भनाइ थियो।

तस्बिरहरू : संजित परियार/नयाँ पत्रिका