मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १७ मंगलबार
  • Tuesday, 02 September, 2025
२o८२ भदौ १७ मंगलबार १९:४३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरो गइरहने कालुपाण्डे मार्गको दारेगौँडा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ १७ मंगलबार १९:४३:oo

धादिङको कालुपाण्डे मार्ग धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने मुख्य मार्ग हो। तर, २०५८ सालमा पिच भएदेखि नै भासिन नरोकिएको यो मार्गको यात्रा जोखिमपूर्ण छ।

धादिङको नीलकण्ठ नगरपालिका–८ दारेगौंडामा सडक भासिन थालेको झण्डै २४ वर्ष भयो। सडक माथिबाट पहिरो खसिरहन्छ। तलबाट तानिएर भासिएको छ। बलियो पिच भएको मानिने कालुपाण्डे मार्ग हिजोआज नरोकिने पहिरोको पर्याय भएको सवारी चालक प्रदिप भट्ट बताउँछन्। 

‘पछिल्ला वर्षहरुमा सडक तलतिर दबिने र माथिबाट पहिरोले धकेल्ने क्रम झन् बढेको छ। हामी त दिनरात यहि बाटो उच्च जोखिम मोलेर हिँड्नु पर्छ,’ उनले भने।

२०५६ सालबाट सुरु भएर २०५८ सालमा पिचको काम पूरा भएको स्थानीयहरु बताउँछन्।। तर अहिलेसम्म पहिरो जाने क्रम नरोकिएको स्थानीय रामकृष्ण श्रेष्ठले बताए। उनले भने, ‘अहिले त सडक भासिएर त्यहाँमाथि रहेको अर्काे सडकमा समेत जोखिम बढीसक्यो। तर मर्मत गर्ने निकाय र सरोकारवाला निकायको आँखा परेको छैन।’

गत आर्थिक वर्षमा सडक डिभिजन कार्यालय नुवाकोटले मर्मतको ठेक्का लगाएको थियो। तर, भौगोलिक अवस्था अध्ययन नगरी हचुवाको भरमा स्टिमेट गरी काम गरिँदा काम सक्नै नपाई पहिरोले क्षति पु¥यायो। त्यसैको परिणाम अहिले झन् समस्या उत्पन्न भएको स्थानीयको गुनासो छ।

देशका सबै जिल्लाबाट सदरमुकाम धादिङबेसी जोड्ने मुख्य सडकको दारेगौंडामा सडकको बीच भागबाट नै चिरा परेर भासिएको छ। वर्षातको याममा निकै जोखिमले यात्रा गर्नुपर्ने अन्दाज श्रेष्ठ बताउँछन्। ‘पहिरो गएर बाँकी रहेको सानो सडकमा ठूला मालबाहक सवारीलाई निकै जोखिम छ। थोरै दुरिमा मात्रै समस्या छ। अध्ययन गरि मर्मत गर्न त्यति साह्रै कठिन पनि होइन। तर सरोकारवाला निकायको लापरबाही छ’, उनले भने।
  
पहिरोको लम्बाइ करिब एक सय मिटर मात्रै छ। सडक मर्मतमा ध्यान नदिँदा हरेक वर्ष जोखिम बढ्दै गएको हो। भासिएको स्थानमा अन्य ठाउँमा भन्दा पहिलादेखि नै सडक साँघुरो पनि छ। सडकको तल्लोपट्टी थोपल खोला छ। खोलाकिनारदेखि नै सुरु भएको पहिरोले सडक तानिरहेको छ। माथिबाट पनि पहिरो खस्ने क्रम रोकिएको छैन।