मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १७ मंगलबार
  • Tuesday, 02 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ १७ मंगलबार १७:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रुपन्देही– ३ मा राप्रपा नेपालबाट अर्जुन थापा सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ १७ मंगलबार १७:४१:oo

रुपन्देही क्षेत्र नम्बर ३ काे उपनिर्वाचनमा राप्रपा नेपालले अर्जुन थापा ‘कालु’लाई अघि सारेको छ। जिल्ला कार्यसमितिको सिफारिसबमोजिम पार्टीको लुम्बिनी विकास क्षेत्र समन्वय समितिले थापालाई उम्मेदवारको रूपमा केन्द्रमा आज एकल सिफारिस गरेको हो।

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले क्षेत्रीय समन्वय समितिको सिफारिस केन्द्रमा आएको जानकारी दिँदै केही दिनभित्रै उम्मेदवारीबारे केन्द्रले निर्णय गर्ने बताए।

प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनपछि रिक्त भएको रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदै छ।