
अस्ट्रेलियाको नर्दन टेरोटवरीमा भएको टप एन्ड टी-२० कप र साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्किएको छ ।
टोलीलाई क्यान पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।
नेपाली टिमका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले पहिलोपटक अस्ट्रेलियामा गएर मर्रव टिमहरूसँग खेल्ने अवसर पाएको बताए । सबै खेलाडीले मुख्य प्रतियोगिताअघि अनुभव लिनुपर्छ भनेर धेरै खेल खेलेकाले अझै केही कुरा सुधार गर्नुपर्ने बताए ।
टप एन्ड टी–२० सिरिजमा नेपाल ११ टिममध्ये आठौँ भएको थियो । टप एन्ड टी-२० सिरिज समाप्त भएपछि नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग दुई टी-२० अभ्यास खेले खेलेको थियो । यस्तै साउथ अस्ट्रेलियासँग भने नेपाल टी-२० खेलमा पराजित भएको थियो भने एक दिवसीय अभ्यास खेल जितेको थियो ।