मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 02 September, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format १५:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गुनासाे गर्ने युवतीलाई थुनाउने खानेपानीमन्त्रीको पक्षमा कार्यकर्ताद्वारा प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:३८:oo

वीरगन्जमा हैजा नियन्त्रणबाहिर रहेको गुनासो गर्ने युवतीलाई थुनाउने खानेपानीमन्त्री प्रदीप यादवको पक्षमा उनका कार्यकर्ताले प्रदर्शन गरेका छन्। किरण साहलाई कारबाहीको माग गर्दै मंगलबार दिउँसो मन्त्रीका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय पर्साअगाडि प्रदर्शन गरेका हुन्।

पानीको अभाव भएको समयमा खटिएर सहयोग गरेका जिल्लाका नेतालाई धम्की दिएको जिकिर गर्दै प्रदर्शनकारीले युवतीलाई कारबाहीको माग गरेका हुन्। प्रदर्शनको नेपाल खानेपानी संस्थान सञ्चालक समितिका सदस्य सल्मा खातुन र मधुमाला यादवले अगुवाइ गरेका छन्। उनीहरू अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य पनि हुन्।

यसअघि सोमबार साँझ किरणको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्साअगाडि महिलाहरूले प्रदर्शन गरेका थिए। वीरगन्जमा फैलिएको हैजा र झाडापखालाबारे मन्त्रीसँग जानकारी लिन खोज्दा पक्राउ परेको भन्दै उनीहरूले किरणको तत्काल रिहाइको माग गरेका थिए।

वीरगन्जमा हैजा नियन्त्रणबाहिर रहेको तथा आफ्ना बा–आमासहित परिवारका सदस्य अस्पताल भर्ना भएको गुनासो गरेकी किरणलाई मन्त्री यादवले तीनवटा मुद्दा लगाएर थुनाएका छन्। कलैया उपमहानगरपालिका– २६, सिस्वा महेशपुरकी किरणले ‘खानेपानीमन्त्री भएर वीरगन्जमा पिउने पानी कस्तो बाँड्नुभयो ? रोकथाम र नियन्त्रणका लागि के गर्नुभयो ?’ भन्दै फोन गरेकी थिइन्।

शुक्रबार राति सामाजिक सन्जालमा खानेपानीमन्त्री यादव र किरणबिच भएको कुराकानीको अडियो सार्वजनिक भएको थियो। उक्त अडियोमा किरणले कडा शब्दमा मन्त्री यादवलाई वीरगन्जमा फैलिएको हैजाबारे प्रश्न गरेकी छिन्।

उनले खानेपानीमन्त्रीलाई फोन गरेर हैजासँग सम्बन्धित समस्याबारे जानकारी गराउन खोजेकी थिइन्। तर, पटक–पटक फोन गर्दा पनि मन्त्रीसँग कुरा गर्न नपाएपछि उनले आक्रोश व्यक्त गरेको अडियोमा सुनिन्छ।