मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 02 September, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format १३:१२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

वीरगन्ज भन्सारमा विनादर्जाका ५० भन्दा बढी कर्मचारी, अधिकृतपिच्छे तीनजना सहयोगी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:१२:oo

वीरगन्ज भन्सार कार्यालयमा कार्यरत रहेका अधिकांश कर्मचारीहरूको दर्जा र शाखा नै स्पष्ट रूपमा नखुलाइएको पाइएको छ। विगत लामो समयदेखि भन्सार कार्यालयमा कार्यरत रहेका विभिन्न शाखाका कर्मचारीहरूको नाम उपलब्ध भए पनि दर्जा र शाखा नखुलाइएको पाइएको हो।सयाैँको संख्यामा भन्सार कार्यालयमा कार्यरत कर्मचारीहरूमध्ये सहसचिव, उपसचिव र अधिकृत तहका कर्मचारीहरूको दर्जा मात्र खुलाइएको कार्यालयको वेबसाइटमा देखिन्छ। 

भन्सार कार्यालयमा एकजना सहसचिव, तीनजना उपसचिव, २० जना अधिकृत र नायब सुब्बाको दरबन्दी रहेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए। कार्यालयको वेबसाइटमा उपलब्ध भएको विवरणअनुसार सहसचिव दर्जाका एकजना प्रमुख भन्सार प्रशासक, तीनजना उपसचिव दर्जाका अधिकृत र १४ जना भन्सार अधिकृत, तीनजना कम्प्युटर अधिकृत र एकजना लेखा अधिकृतको नाम र दर्जा खुलाइएको छ। यस्तै, एकजना केमिस्ट मात्र भन्सार कार्यालयमा कार्यरत रहेको विवरणमा उल्लेख छ। 

३० जना सुब्बाको दरबन्दी रहेको भन्सार कार्यालयमा अहिलेसम्म उनीहरूको संख्या, शाखा र नाम भने नखुलाइएको स्पष्ट रूपमा देखिन्छ। यस्तै, कार्यालयमा कार्यरत रहेका सुब्बाहरूको पनि शाखा र दर्जा नखुलाइएको कर्मचारीहरूले नै बताउने गरेका छन् । भन्सार स्रोतका अनुसार कर्मचारीहरूले आफ्नो नातागोता, आफन्त र निकटका व्यक्तिहरूलाई करारमा र दैनिक ज्यालादारीमा भर्ना गर्ने गरेका छन् । यस्तै, अधिकृतस्तरका कर्मचारीहरूले आफूअनुकूल कर्मचारी आफ्नो शाखामा खटाउने र लाभ लिने गरेको स्रोतको दाबी छ । 

वेबसाइटमा कर्मचारीको विनादर्जाको नाम खुलाएर माथिल्लो निकायमा संख्या मात्र देखाउने गरिएको अवस्था छ । विनादर्जाको ५० भन्दा बढी कर्मचारी कार्यरत
वीरगन्ज भन्सार कार्यालयमा लामो समयदेखि विभिन्न शाखामा नाम खुलेका ५० भन्दा बढी विनादर्जाको कर्मचारीहरू कार्यरत रहेको पाएको छ। भन्सार कार्यालयको तथ्यांकअनुसार खरिदारभन्दा तल्लाे तहका भन्सार कार्यालयमा नाम नखुलेका ५० भन्दा बढी कर्मचारी कार्यरत रहेको पाएको हो। 

भन्सार कार्यालयका एक अधिकारीका अनुसार विनादर्जाका कर्मचारी चालक, कार्यालय सहयोगी भएका कारण दर्जा नखुलाइएको अवस्था छ। एक सयभन्दा कम संख्या दरबन्दी रहेको भन्सार कार्यालयमा विनादर्जाको कर्मचारीको संख्या स्वीकार गर्न नसक्ने बताए। स्रोतका अनुसार भन्सार कार्यालयका अधिकृतहरूले चालक मात्र होइन, एउटा कार्यकक्षमा तीनजना सहयोगीसमेत राखेका छन्। आफ्नो गोपनीयता राख्नेदेखि आफ्नाअनुकूलका मात्र कर्मचारीहरू आफ्नो कार्यकक्षमा राख्ने गरेको स्रोतले जनाएको छ। 

अधिकांश निकटस्थका भर्ना
वीरगन्ज भन्सार कार्यालयमा अधिकांश करार र दैनिक ज्यालादारीमा स्थायी कर्मचारीले आफ्ना निकटस्थलाई भर्ना गर्ने गरेका छन्। अधिकृतस्तरका कर्मचारी सरुवा भएर आएकै समयमा उनीहरूले आफुनाअनुकूलका कर्मचारीहरू भर्ना गर्ने गरेको लामो समयदेखि कार्यरत रहेका कर्मचारीहरू बताउँछन्। भन्सारका अधिकतम पहुँच र पावर भएका कर्मचारी मात्र सरुवा हुने भएकाले सोहीअनुसार आफ्ना नातागोतादेखि निकटस्थलाई भर्ना गरिन्छ। 

स्रोतका अनुसार भन्सार कार्यालयमा राजनीतिक पहुँचका व्यक्तिहरूले अधिकृत तहमा मात्र स्वार्थ राख्ने भएकाले तल्लो तहका कर्मचारीहरू आफ्नोअनुकूलको राख्दै आएका छन् । भन्सारमा अधिकांश कमाइ हुने भएकाले पनि गोपनीयतालाई मुख्य प्राथमिकता राखेर यो कदम अधिकृतहरूले चाल्ने गरेका छन् ।