
काठमाडौं महानगरपालिका– ३२, जडीबुटीस्थित आकासे पुलनजिक ‘पार्क’ गरिएको बसमा द्रुत गतिमा हुइँकिएको स्कुटर ठोक्किँदा त्यसमा सवार दुई युवकको मृत्यु भएको छ ।
काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार आज झिसमिसेमा भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका– २, होक्सेका २३ वर्षीय नितेश नेपाल र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)सुनवल नगरपालिका– १, का २२ वर्षीय शिरीष पौडेलको उपचारका क्रममा मृत्यु भएको हो ।
सडक किनारामा बस राखेका त्यसका चालक दोलखाका सुवास तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया प्रारम्भ गरेको छ ।