मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 28 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:५२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

२० भदौदेखि झापा इनर्जीको साधारण सेयर खुल्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:५२:oo

झापा इनर्जी लिमिटेडले २० भदौदेखि चार लाख ७३ हजार तीन सय ३६ कित्ता साधारण सेयर (आइपिओ) सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले नौ लाख ५० हजार चार सय ७५ कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको थियो । त्यसमध्ये पहिलो चरणमा तीन लाख ८० हजार एक सय ९० कित्ता आयोजना प्रभावित स्थानीयलाई र ५७ हजार २९ कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीलाई बिक्री गरिसकेको छ । 

अब भने कम्पनीले २८ हजार पाँच सय १४ कित्ता सामूहिक लगानी कोष र ११ हजार चार सय ६ कित्ता कम्पनीका कर्मचारीलाई छुट्याएर बाँकी बसेको चार लाख ७३ हजार तीन सय ३६ कित्ता सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।