
टेकुस्थित कौसी थिएटरमा ऐतिहासिक कथामा आधारित नाटक ‘काली पार’को मञ्चन सुरु भएको छ।
१५औँ शताब्दीतिरको टुक्रे राज्यहरूको युद्ध, राजनीति तथा सामाजिक परिवेशकाे कथा रहेकाे नाटक ‘मुक्ति’ले लेखेका हुन्। प्रवीण र मुक्तिले निर्देशन गरेको नाटक कथा घेराको सहकार्यमा पत्रमञ्जूषाले निर्माण गरेको हो।
नाटक निर्देशनमा डेब्यु गरेका मुक्तिले लेखेको यो दोस्रो नाटक हो। यसअघि उनले लेखेको ‘काँचो धागो’ कौसीमै मञ्चन भएको थियो।
‘काली पार’मा लेखक तथा निर्देशक मुक्तिसहित सागर दाहाल, ऋषिकेश बस्याल, कविर काफ्का, क्षितिज पराजुली, आयुश्मा मगर, खगेन्द्र धामी, निरज पन्थी, प्रवीण, मुकुन्द खलपात्र, आशिष काफ्ले, दिलराज राई, शरद भण्डारीलगायत २० जना कलाकारले अभिनय गरेका छन्।
भदौ १२ गते (बिहीबार)देखि मञ्चन सुरु भएको नाटक असोज ४ गतेसम्म मंगलबारबाहेक हरेक दिन बेलुकी ५ः१५ बजे र शनिबार दिउँसो १ बजे मञ्चन हुनेछ।