मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १२ बिहीबार
  • Thursday, 28 August, 2025
२o८२ भदौ १२ बिहीबार १९:o३:oo
Read Time : < 1 मिनेट
प्रदेश

लुम्बिनी प्रदेशमा निजामती सेवा दिवस तीन दिनसम्म मनाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ १२ बिहीबार १९:o३:oo

लुम्बिनी प्रदेशमा प्रदेश निजामती सेवा दिवस–०८२ तीन दिनसम्म विविध कार्यक्रमगरी मनाइने भएको छ । दिवसका अवसरमा २० देखि २२  भदौसम्म विभिन्न गतिविधि आयोजना गर्ने निर्णय गरिएको हो ।

प्रदेश निजामती सेवा दिवस मूल समारोह समितिको बैठकले रक्तदान, अन्तरक्रिया, वृक्षारोपण, सरसफाइ, खेलकुद प्रतियोगिता, परिसंवाद, सांस्कृतिक झाँकीसहितको प्रभातफेरी र मूल समारोह आयोजना गर्ने निर्णय गरेको छ ।

लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारीको अध्यक्षतामा बसेको बैठकले २० भदौ बिहान ७ बजे स्वास्थ्य मन्त्रालयको संयोजनमा नेपाल रेडक्रस सोसाइटी तथा सुरक्षा निकायसँग समन्वय गरेर रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । सोही दिन दिउँसो १ बजे संघीयता कार्यान्वयनमा प्रदेश निजामती सेवाका अवसर र चुनौती विषयक अन्तरक्रिया हुनेछ । 

त्यस्तै, २१ भदौ बिहान ७ बजे प्रशासनिकपरिसर क्षेत्रमा वृक्षारोपण गरिने, सोही दिन बिहान ८ बजे सरसफाइ कार्यक्रम गरिने, २० र २१ भदौमा खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय भएको छ ।

यस्तै, २२ भदौमा प्रशासनिक संघीयतासम्बन्धी परिसंवाद, सोही दिन बिहान १० बजे सांस्कृतिक झाँकी, ब्यान्ड बाजासहित प्रभातफेरी हुने मुख्यमन्त्री कार्यालयका सचिव कवीन्द्र नेपालले जानकारी दिए ।

२२ भदौ बिहान ११ बजे कर्मचारीहरूको प्रतिभा प्रस्तुतीकरणसहित प्रदेश निजामती सेवा दिवस मूल समारोह आयोजना गरिनेछ। सो अवसरमा प्रदेश निजामती सेवा पुरस्कारसमेत प्रदान गरिनेछ।

यस्तै, दिवसको अवसरमा तीन दिन आ–आफ्नो मन्त्रालय र निकायमा दीपावली गर्ने निर्णय पनि भएको छ।