मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ११ बुधबार
  • Wednesday, 27 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ११ बुधबार २३:३८:oo
Read Time : < 1 मिनेट
समाचार

नेपालमा कसले ल्याउँदै थियो सञ्चारसम्बन्धि उपकरण ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ११ बुधबार २३:३८:oo

भारतबाट नेपालमा तस्करी गरी ल्याइएको सञ्चारसम्बन्धि उपकरण बरामद भएपछि यसबारे चासो बढेको छ । के उदेश्यले र कसले यस्तो सामान नेपालमा तस्करी गरिरहेको छ भन्नेमा विस्तृत अनुसन्धान सुरु भएको छ ।   

महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–९ रातु खोला स्थित बगर ईलाकाबाट सशस्त्र प्रहरीले मंगलबार ४६ लाख ५० हजार रुपैयाँ बराबरको रेडियो रिसर्च यूनिट(आरआरयू) बरामद गरेको हो । २३ सय मेगाहर्ज क्षमताको सो सामाग्री आयातको कारणबारे खुल्न नसकेको सशस्त्र प्रहरीले जनाएको छ । 

महोत्तरीस्थित सशस्त्र प्रहरीका एसपी शेरबहादुर अधिकारीको निर्देशनअनुसार मधेश प्रदेश ०२–००१ स ५२४८ नंम्बरकोे ई–रिक्सामा लोड गरी राखेको आवश्यक कागजात तथा बिलबिजक समेत नभएको  आठ वटा संचार सेट बरामद भएको हो । सो सामान स्वीडेनबाट कोलकात्ता आएको र त्यहाँबाट नेपालमा तस्करी गरी ल्याइएको थियो । यस्तो सामान टेलिकम कम्पनीका टावरमा प्रयोग हुने बताइएको छ । जासुसीका लागि पनि यसको प्रयोग हुनसक्ने आशंका गरिएको छ । तस्करी गर्ने व्यक्ति नयाँदिल्लीमा रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।  

बरामद सामान तथा रिक्सा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जलेश्वरमा बुझाईएको सशस्त्र प्रहरीका सहसप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए । साथै, बरामद सामानको विषयमा अध्ययन गर्न सशस्त्र प्रहरीले नेपाल दुरसञ्चार प्राधिकरणलाई समेत पत्राचार गरेको छ । तस्करी भएको सामानको प्रयोजनबारे प्रष्ट भइनसकेको डिएसपी थापाले बताए ।