मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ११ बुधबार
  • Wednesday, 27 August, 2025
२o८२ भदौ ११ बुधबार o९:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रुबी साह हत्याकाण्डका प्रमुख अभियुक्त पक्राउ

आफूले आफैँलाई आगो लगाएको अवस्थामा फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ११ बुधबार o९:१२:oo

रुबी साह हत्याकाण्डका प्रमुख अभियुक्त पक्राउ परेका छन् । आफूले आफैँलाई आगो लगाएको अवस्थामा सो हत्याकाण्डका प्रमुख अभियुक्त लक्ष्मण पासवान पक्राउ परेका हुन् । 

रौतहटको माधवनारायण नगरपालिका– ६ स्थित माधवपुरको बाटोमा आफूले आफैँलाई आगो लगाएको अवस्थामा पासवान पक्राउ परेका हुन् । स्थानीय एक युवाले आफूले आफैँलाई आगो लगाएर घाइते भएको भन्दै प्रहरीमा खबर पुगेपछि तत्काल घटनास्थलमा प्रहरी पुग्दा उनी रुबी हत्याकाण्डका प्रमुख अभियुक्त रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख नेत्रमणि गिरीले जानकारी दिएका छन् ।

आफूले आफैँलाई आगो लगाएर गम्भीर घाइते अवस्थामा रहेका लक्ष्मण पासवानको रौतहटको गरुडास्थित बेटर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रौतहटको माधवनारायण नगरपालिका– २ की २६ वर्षीया रुबीकुमारी साहको गत शनिबार हत्या भएको थियो । उनको सब सुटकेसमा फेला परेको थियो।