मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 19 August, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संवैधानिक परिषदमा बहुमत पुर्‍याउन उपसभामुख हटाउन खोजेको प्रतिपक्षी दलको निष्कर्ष

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:o८:oo

संवैधानिक परिषदमा अल्पमतमा परेपछि सत्तारूढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउन खोजेको प्रतिपक्षी दलहरूले निष्कर्ष निकालेका छन्।

बैठकबारे जानकारी दिँदै नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले छुद्र स्वार्थका लागि प्रधानमन्त्रीले यस्तो कदम चालेको बताए। रानालाई हटाएर कांग्रेसबाट उपसभामुख बनाउन लागिएको पाण्डेले जिकिर गरे।

उनले भने, ‘अहिले संवैधानिक परिषदमा प्रतिपक्षको बहुमत छ। स्वयं प्रधानमन्त्री अल्पमतमा छन्। बहुमत बनाउनका लागि के गर्ने भन्दा प्रमुख प्रतिपक्ष दलको नेता, उपसभामुख, राष्ट्रिय  सभाको अध्यक्ष एकपट्टि भएपछि ६ जनाको संवैधानिक परिषदमा उहाँहरूको बहुमत हुन सकेन । इन्दिरा राना मगरलाई हटाएर नेपाली कांग्रेसको कोही ल्याउन पाइयो भने त्यहाँ आफ्नो बहुमत बनाउन सकिन्छ भन्ने अत्यन्त तल्लो, छुद्र स्वार्थका लािग गरिएको हो।’