
नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले उपसभामुखलाई हटाउने प्रस्ताव आजै दर्ता नहुने बताएका छन् ।
सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘सांसदहरू भनेको वेलामा उपस्थित नहुन सक्छन्, बाहिरफेर गएको वेला पर्छ भनेर हस्ताक्षर गरेर राखेका हाैँ, अहिले कुनै प्रायोजनका लाि भनेर हामीले केही भनेका छैनौँ । दुईतिहाइ हामी जतिखेर पनि पुर्याउन सक्छौं । तर, आजै कुनै पनि नयाँ प्रस्ताव दर्ता हुँदैन ।’ कांग्रेस र एमालेले हस्ताक्षर संकलन भने गरिएको बताएका छन् । घिमिरेले सत्तारूढ दलको यो कदमलाई स्वाभाविक भनेका छन् । ‘हस्ताक्षर गराएर राख्ने अभ्यास पुरानै हो । पहिला पनि यो अभ्यास थियो । अहिले पनि हामीले त्यही अभ्यास गरेको हो,’ घिमिरेले भने ।