मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३ मंगलबार
  • Tuesday, 19 August, 2025
मोहन विष्ट कञ्चनपुर
२o८२ भदौ ३ मंगलबार १२:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भीमदत्त नगर प्रहरी इन्चार्ज बोहराविरुद्ध करणी मुद्दा 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ भदौ ३ मंगलबार १२:o९:oo

कञ्चनपुरको एक स्थानीय सरकारका नगर प्रहरी इन्चार्जविरुद्ध प्रहरीमा जबर्जस्ती करणी मुद्दा दायर भएको छ । भीमदत्त नगरपालिका प्रहरी इन्चार्ज नगर प्रहरी सहायक निरीक्षक (असइ) सुरेन्द्र बोहराविरुद्ध प्रहरीमा जबर्जस्ती करणी मुद्दा दायर भएको हो । 

भीमदत्त नगरकै ३२ वर्षीया एक महिलाले नगर प्रहरी बोहराविरुद्ध ३० साउन शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएकी थिइन् । ती महिलाले दिएको जाहेरीका आधारमा कञ्चनपुर प्रहरीले भीमदत्तका नगर प्रहरी इन्चार्ज बोहरालाई पक्राउ गरेको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले उजुरीका आधारमा असइ बोहरालाई जाहेरी परेकै दिन पक्राउ गरेको बताए । ‘उजुरीका आधारमा हामीले नगर प्रहरीलाई पक्राउ गरेर हिरासतमा राखेका छौँ,’ उनले भने, ‘अदालतबाट पहिलोपटक पाँच दिनको म्याद थप भएको छ, उजुरीमाथि  अनुसन्धान अघि बढेको छ ।’ 

केही समयअघि ती महिलाले विष सेवन गरी घाइते भएर धनगढीको एक अस्पतालमा उपचार गरेर फर्किएपछि नगर प्रहरी बोहराविरुद्ध आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।