
एनएमबि बैंकले नाडा अटो साेमा सहभागिता जनाउँदै र चाडपर्वलाई लक्षित गर्दै अटो लोन योजना सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार यो योजनाअन्तर्गत ग्राहकले केवल ७.१३% को ब्याजदरमा सवारीसाधन कर्जा उपभोग गरी व्यक्तिगत सवारी साधन किन्न सक्नेछन् ।
इलेक्ट्रिक सवारीसाधन किन्न चाहेका ग्राहकका लागि बैंकको यो अफर एक राम्रो अवसर हुन सक्ने बैंकले जनाएको छ ।