मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३ मंगलबार
  • Tuesday, 19 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ ३ मंगलबार o७:o५:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एनआरटी र चर्च ब्वाइज विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ ३ मंगलबार o७:o५:oo

सहिद स्मारक ‘ए’ डिभिजन लिगका दुई क्लब न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेडले राष्ट्रिय महिला लिग छनोटमा जित निकालेका छन् । एनआरटीले सोमबार नेपाल खेलकुद क्लबविरुद्ध ३–१ को पुनरागमन जित हात पारेको हो ।

अर्काे खेलमा चर्च ब्वाइजले एफसी रियलविरुद्ध ६–० को फराकिलो जित निकाल्यो । पहिलोपटक महिला लिग छनोट खेलिरहेका एनआरटी र चर्च ब्वाइजले महत्वपूर्ण तीन अंक बटुलेका छन् । नेपाल खेलकुद र रियल आफ्ना दुवै खेलमा पराजित भएका छन् । 

नेपाल खेलकुदको दोस्रो हार 
नेपाल खेलकुदले लगातार दुई खेल गुमायो । यसअघि पहिलो खेलमा नेपाल खेलकुद संकटा क्लबसँग १–० ले पराजित भएको थियो । नेपाल खेलकुदमाथि जित निकाल्दा एनआरटीका सजिना स्याङ्तान, प्रतीक्षा ठकुरी र संगीताकुमारी मल्लले गोल गरे । नेपाल खेलकुदकी यशोदाकुमारी चिरालले एक गोल फर्काइन् । खेलको ५२औँ मिनेटमा यशोदाले नेपाल खेलकुदलाई १–० को अग्रता दिलाएकी थिइन् ।

अर्को खेलमा चर्च ब्वाइजलाई जित दिलाउन सुजता फालुङ्वा र आशिका थापाले समान दुई गोल गरेका थिए । मनीषा तुमरोक र वर्षा ओलीले एक–एक गोल गरेका हुन् । रियल यसअघि पहिलो खेलमा छहारी युवा क्लबसँग ३–१ ले पराजित भएको थियो ।