
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल मन्त्रालय तानिएका छन्। कारागारमा भएको झडप घटनामा कमजोरी देखिएको भन्दै उनलाई गृह मन्त्रालयले जिम्मेवारीबाट हटाइएको हो ।
कैलालीको सिडिओमा दाङको सिडिओका रूपमा कार्यरत कृष्णप्रसाद लम्साललाई खटाइएको छ ।
गत साता कैलाली कारागारमा भएको झडपमा एकको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए।