
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छ्न्। मृत्यु हुनेमा खापर–१, बर्कुका पदम बुढा रहेका छन्। यस्तै, वडानम्बर ३ जुकुका लोकेन्द्र रोकाया घाइते भएका छन्।
बुधबार साँझ करिब ६ बजेतिर वडा नम्बर १ को बर्कु स्वास्थ्य चौकीनजिकै भएको ट्याक्टर दुर्घटनामा परी बुढाको घटनास्थलमा मृत्यु भएको हो भने रोकाया गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ। घाइते रोकायाको बर्कु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
जोरूबाट स्याउ बोकेर पिलुचौर आउँदै गरेको भे१ट ०४८० नम्बरको ट्याक्टर बर्कुमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
ट्याक्टरमा चारजना सवार थिए। चालक रवीन्द्रनाथ र अर्का नाम नखुलेका एकजना सुरक्षित रहेको प्रहरी निरीक्षक देबबहादुर चौधरीले जानकारी दिएका छन्। चालक नाथ र अर्का नाम नखुलेका एकजना फरार छन् । फरार दुवैजनाको खोजी भइरहेको प्रहरीले जानकारी दिएका छन्।